सुचना, समाचार र मनोरन्जन

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …

 

गुल्मी : यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।

 

गए राति करिब १ः३० बजेको समयमा घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको थियो । मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरू गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.