सुचना, समाचार र मनोरन्जन

भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो

 

भेनेजुएलामा आएको  भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताएका छन् ।

 

अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिग्जले टेलिग्राम मार्फत छ हजार  ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताए ।

 

भूकम्पले ८८५ भवनहरू क्षतिग्रस्त भएको र अन्य १८९ भवनहरू ध्वस्त भएको उनले बताए । अधिकारीहरूले प्रकोपबाट प्रभावितहरूलाई समायोजन गर्न ५९ वटा अस्थायी शिविरहरू स्थापना गरेको बताइएको छ ।

 

भेनेजुयलामा आपतकालीन अवस्थाको सामना गर्न  तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र २९ हजार ५६७ जना आपतकालीन प्रतिक्रियाकर्ता देशभर तैनाथ रहेको उनले बताए ।

 

 

Leave A Reply

Your email address will not be published.