सुचना, समाचार र मनोरन्जन

बैतडीका १८ घर पहिरोको उच्च जोखिममा

 

बैतडी : बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका-१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् ।

 

पानी निरन्तर परीरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताए। बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर पहिरोको जोखिममा रहेका डिलाशैनी-१ का वडाध्यक्ष कृष्णकुमार धामीले बताए। यसैबिच आइतबार सोक्षेत्रको प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन्।

 

Chaka Panja

“बस्तीबाट करिब ५०० मिटरमाथी जमिन चिराचिरा परेर भाँसिएको छ । केही दिनयता निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम बढेको हो”, वडाध्यक्ष धामीले भने, “जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ ।”

 

उनका अनुसार गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दूरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट, धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको घर पहिरोको जोखिममा परेका हुन्।

 

 

गाउँपालिका अध्यक्ष सन्तोष जोशीका अनुसार जोखिममा रहेका परिवारलाई आफन्तको घरमा वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । “उहाँहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उनले भने। जमिनमा देखिएको दरारका कारण वर्षा थपिएसँगै जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.