कास्की : बडादसैँ तथा तिहारलाई लक्षित गर्दै पोखरा–२७, तालचोकस्थित सूर्यभानु बाटिका नर्सरी एण्ड गिफ्ट सप ले आफ्ना ग्राहकहरूका लागि विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षक छुटसहित विभिन्न प्रकारका बिरुवा, गमला, उपहार सामग्री तथा सजावटका सामान उपलब्ध गराउने उद्देश्यले पसलले विशेष अफर ल्याएको हो।
यस अफरअन्तर्गत पसलमा उपलब्ध विभिन्न सामानहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ। दसैँ–तिहारको समयमा घर, आँगन, बगैँचा तथा कार्यस्थललाई आकर्षक र हरियालीयुक्त बनाउने चाहना राख्ने ग्राहकका लागि यो अफर उपयोगी हुने सञ्चालक भानुभक्त पौडेलले जानकारी दिए।

‘सूर्यभानु बाटिका नर्सरी एण्ड गिफ्ट सपमा घरभित्र राख्न मिल्ने तथा बाहिरी वातावरणमा रोप्न उपयुक्त विभिन्न प्रजातिका बिरुवाहरू उपलब्ध छन्। त्यसैगरी, घर तथा बगैँचाको सौन्दर्य बढाउन प्रयोग गरिने प्लास्टिक, माटो, सिमेन्ट, सिरेमिक तथा फाइबरबाट निर्मित विभिन्न प्रकारका गमलाहरू पनि यहाँ पाइन्छन्’, उनले भने।
पसलमा विभिन्न उपहार सामग्री, सजावटका सामान तथा नर्सरीसम्बन्धी आवश्यक सामग्रीहरू समेत उपलब्ध रहेका छन्। चाडपर्वका बेला घर सजाउन, आफन्त तथा प्रियजनलाई उपहार दिन र आफ्नो वरपरको वातावरणलाई हरियालीयुक्त बनाउन चाहने ग्राहकले एउटै स्थानबाट विभिन्न सामग्री छनोट गर्न सक्ने पौडेलले जानकारी दिए।
‘हरेक सामानमा २५ प्रतिशतसम्म छुट’ भन्ने नारासहित सार्वजनिक गरिएको यस अफरबाट ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न सामग्री छनोट गरी चाडपर्वको खुसीसँगै बचतको फाइदा लिन सक्ने उनले बताए।