सुचना, समाचार र मनोरन्जन

कस्तो छ नेपाल र यमनबीचको हेड टू हेड ?

नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो।

काठमाडौं /

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ।

नेपाल फिफा वरियतामा १७३ औं स्थानमा छ भने यमन १५६औं स्थानमा रहेको छ। नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो।

नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए। यो नै नेपालले यमनविरुद्ध गरेको अहिलेसम्मको एक मात्र गोल हो।

यसअघि २०१७ को जुन १३ मा नेपाल र यमनबीचको एसियन कपको छनौट खेलमा खेल गोलरहित बराबरीमा रोकिएको थियो।

त्यसअघि नेपाल र यमनबीच २०१४ को मार्च २५ मा मैत्रीपूर्ण खेल भएको थियो। जसमा यमनले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल र यमनबीच पहिलो खेल सन् २००० को फेब्रुअरी १० मा भएको थियो । एसियन कपको छनौट अन्तर्गतको सो खेलमा नेपाल ३-० ले पराजित भएको थियो।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ। नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन्।

त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो। गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४(० गोलअन्तरले पराजित भएको थियो।

Leave A Reply

Your email address will not be published.