सुचना, समाचार र मनोरन्जन

सरकारले स्विट्जरल्यान्डले दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने

काठमाडौँ/

सरकारले स्विट्जरल्यान्ड सरकारले दिने झन्डै करोड रुपैयाँ अनुदान रकम स्वीकृत गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा प्राविधिकसहितका चार जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिनुभएको राजीनामालाई कात्तिक २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको पनि मन्त्री शर्माले जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ ।

Leave A Reply

Your email address will not be published.