सुचना, समाचार र मनोरन्जन
IVF New Banner

इभी गाडीको बजार बढाउन सहयोग गर्ने चिनियाँ राजदूत चेन सोङको प्रतिवद्धता

पोखरा/

चिनियाँ राजदूत चेन सोङले विद्युतीय गाडी बिवाइडीको पोखरा शोरुमको अवलोकन गरेका छन्। बिवाइडीका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्स प्रालिको शुक्रबार राजदूत चोङले अवलोकन गरेका हुन्।

उक्त अवसरमा राजदूत चोङले पोखरामा चिनियाँ व्यापारका बारेमा चासो राखेका थिए। विद्युतीय गाडीको प्रवर्द्धन कसरी भइरहेको छ भन्ने बारेमासमेत राजदूतबाट चासो व्यक्त भएको प्रालिका सञ्चालक ओमप्रकाश उपाध्यायले जानकारी दिए।

Exchange and test

राजदुतले इभी गाडीको बजार बढाउन सरकारसँग समन्वयसमेत गर्ने बताए। उनले नेपालमा पर्याप्त बिजुली रहेको र त्यसको सही प्रयोग इभी गाडीले गरिरहेका हुनाले नेपालको पैसा पनि जोगिएको बताए ।

नेपालमा बिवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि हो। नेपालमा बिवाइडीको डल्फिन, इ ६ र अटो ३ उपलब्ध छन्। बिवाइडी सिल गाडी छिट्टै नेपाली बजारमा आउने कम्पनीले जनाएको छ।

नेपाली बजारमा विद्युतीय सवारीको माग बढिरहेको र ति गाडीहरु मध्ये बिवाइडी धेरै ग्राहकको रोजाईमा रहेको साइमेक्स इंकले जनाएको छ।

एक वर्षअघि सञ्चालनमा आएको प्लगइन अटोमोवाइल्सले गण्डकी प्रदेशमा बिवाइडीको विभिन्न मोडलका गाडीहरु उपब्लध गराउँदै आएको छ। एक वर्षकै समयमा बिवाइडी पोखराको इभी बजारमा लिडर बनिसकेको छ।

Leave A Reply

Your email address will not be published.