सुचना, समाचार र मनोरन्जन
jaar

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन

पोखरा/

गत माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । पत्रकार महासंघ र परिवारको समन्वयमा प्रतिष्ठान गठन गरिएको हो ।

प्रतिष्ठानको अध्यक्षमा स्व।त्रिभुवनकै धर्मपत्नी प्रतिभा अधिकारी चयन भएकी छिन् । पोखरामा भएको भेलाले उनलाई अध्यक्षमा चयन गरिएको हो । पौडेलको स्मृतिमा पत्रकारिताको विकासका लागि प्रतिष्ठानले काम गर्नेछ । उनी हालै कार्यसमितिमा महासंघको केन्द्रिय सदस्य थिए ।

Leave A Reply

Your email address will not be published.