सुचना, समाचार र मनोरन्जन

पोखराका राज बस्याल इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उमेद्वार

स्वतन्त्र उमेद्वार भए पनि राज बस्याल आफैले प्रतिपादित गरेको सेतोघोडा सनातन विचारधारालाई अघि सारेका छन् । प्रकृति, संस्कृति, धर्म, प्रविधि, सनातनतन्त्र, वैद्धिक प्रतिनिधिसभा, धर्मसभादेखि अध्यात्मसम्मका शिलशिलाहरूलाई उनी स्थापित गर्न चाहन्छन् ।

पोखरा /

वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पोखराका राज बस्याल स्वतन्त्र उमेद्वार बनेका छन् । आफूलाई अभिभावकीय पाटो र जिम्मेवारी ज्यादा सुहाउन लागेकोले होला उनको चुनाव चिह्न जुंगासहितको अनुहार हो ।

राजको उमेद्वारीको लागि गुनराज देवान प्रस्तावक र रोजन गुरुङ समर्थक रहेका छन् । बस्याललाई कलाकारहरू बेदना खेरेसुङ्गमा राई र चेतना नाट्य समूहका अनवेश थुलुङ, आशिष महत, हेमन्तबहादुर थापामगर लगायतले साथ र समर्थन गरेका छन् ।

स्वतन्त्र उमेद्वार भए पनि राज बस्याल आफैले प्रतिपादित गरेको सेतोघोडा सनातन विचारधारालाई अघि सारेका छन् । प्रकृति, संस्कृति, धर्म, प्रविधि, सनातनतन्त्र, वैद्धिक प्रतिनिधिसभा, धर्मसभादेखि अध्यात्मसम्मका शिलशिलाहरूलाई उनी स्थापित गर्न चाहन्छन् । सेतोघोडा र पृष्ठभूमिमा रहने सुनोलो पहेँलो सूर्य संगठन, निरन्तरता समृद्धिको द्योतक रहने छ भने त्रिशुल काम, क्रोध, मोह नासक हुनेछ । उनी समृद्धि र विकास अनि आरोग्यता स्थानीय निकायको परिचालन मार्फत् प्राप्त हुन्छ भन्नेमा अडिग छन् ।

आफूलाई स्वतन्त्र उमेद्वार घोषणा गर्दै राज बस्यालले आफ्नो चुनावी योजना र प्रतिवद्धता सार्वजनिक गरेका छन् । रसिया–युक्रेन युद्धमा फसेका नेपालीहरूको, विदेशमा बेचिएका चेली र बन्धकमा पारिएका श्रमिकहरूको जोइन्ट टाक्सफोर्स मार्फत् राहत र उद्धार, हुनुपर्छ भन्ने राजले प्राथमिकता दिएका छन् । एउटा योजना सफल गराएपछि मात्रै अर्को योजनामा छलफल गर्नुपर्छ भन्ने विचार राख्दै खस्कदो अर्थतन्त्रको सुधारमा पर्यटनले वहार ल्याउँछ भन्ने मान्यता राखेका छन् ।

राज बस्यालले इलामेली नागरिकका लागि आफूले अहिले दिनसक्ने र बनाउन सक्ने केही छैन् । आफ्ना योजनाहरूमा केवल जनताको साथ र सहयोगको प्रतिवद्धता मागेका छन् । पथभ्रष्टहरूलाई कृपया भोट हाल्ने कष्ट नगर्नुहोला भन्ने सन्देश दिएका छन् ।

राजको बुझाइ फरक छ, उनी प्रतिनिधिसभाका सांसदहरू विकासे कार्यकर्ता होइनन्, नीति नियम कानुन र विधान निर्माता साथै योजनाविद् उन्मुख प्रतिनिधि हुन् । विकास रोप्न स्थानीय तहमा जानुपर्छ भन्छन् । सनातनतन्त्र, वैदिक प्रतिनिधि सभा, धर्मसभा, सनातनदेखि अध्यात्मसम्मको यात्रा, निर्वाचितन प्रधानमन्त्री, अभिभावकीय, साँस्कृतिक अश्वनायक राजाको मातहतमा सेना रहनुपर्छ भन्ने विचार राख्छन् ।

जनताको कोष, जोश र जश साझेदारी, भागेदारी, हिस्सेदारीमा नै भौतिक संरचनाहरू निर्माण गर्ने र समानुपातिक उपभोग गर्ने नीति तय गरेका छन् । सामूहिक संस्कृति, हरित अर्थतन्त्र निर्माण, धर्म, संस्कृति,प्रकृतिको वित्तीयकरण, नेपालीहरूको सनातन धर्म नै धार्मिक स्वीकृतिको आधार, सबै अटाउने, सबै मोटाउने पहिचान, सबैका लागि स्वास्थ्य, रोजगारीको योजनाहरू, खाद्य सुरक्षा, वृहत् सामूहिक भान्सा, भोकमुक्त शिक्षा, सहकारी र मिटरव्याज पीडितका मुद्धा, मनोसामाजिक इन्जिनियरिङ्द्वारा दलित प्रथा अन्त्य, इलामेली जनताले भोगको पानीको समस्या, आफ्नो प्रतिवद्धतामा समेटेका छन् ।

इलालको आलु, अलैची, अम्रिसो, अकबरे, अदुवा अनि अर्थोडक्स चिया र दुग्धजन्य पथार्थको व्यवस्थापनमा पनि राजले आफ्नो धारणा सार्वजनिक गरेका छन् । मान्छे मारेर क्रान्ति गर्ने, साँस्कृतिक आतङ्कवाद र धर्म परिवर्तन गराउने तथा व्यभिचार, दूराचार, समलिंगिता, नारी तथा बालबालिका पिडनमा लाग्नेहरू र पथभ्रष्टहरूलाई राज बस्याल ‘कृपया भोट हाल्ने कष्ट नगुर्नहोला ’ भन्ने सन्देश दिन्छन् । इलामेली नागरिकका लागि आफूले अहिले दिनसक्ने र बनाउनसक्ने केही छैन् । आफ्ना योजनाहरूमा केवल जनताको साथ र सहयोगको प्रतिवद्धता मागेका छन् ।

राज बस्यालले इलामेली नागरिकका लागि आफूले अहिले दिनसक्ने र बनाउन सक्ने केही छैन् । आफ्ना योजनाहरूमा केवल जनताको साथ र सहयोगको प्रतिवद्धता मागेका छन् । पथभ्रष्टहरूलाई कृपया भोट हाल्ने कष्ट नगर्नुहोला भन्ने सन्देश दिएका छन् ।

Leave A Reply

Your email address will not be published.