सुचना, समाचार र मनोरन्जन
Sarangi

कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौं/

काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक जाँचमा देखिएको छ ।

प्रहरीले यसमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.