सुचना, समाचार र मनोरन्जन

थाइल्याण्डमा खिचियो ६० लाख लगानीमा म्युजिक भिडियो,अभिनय गर्नेमा साम्राज्ञी र विशाल

काठमाडौं :

नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानीमा गीतको भिडियो निर्माण गरिएको छ। थाइल्याण्डमा ‘मालती’नामक गीतको भिडियोमा ६० लाख भन्दा बढि रकम खर्च गरिएको हो। सञ्जय न्यौपानेले निर्देशन गरेको यो म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन्।

बुधबार परेको अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरु सार्वजनिक गरिएको छ। यो गीतको छायांकन पनि एक साताभन्दा बढि समय लागेको निर्देशक न्यौपानेले जानकारी दिए।

यो गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ। यो गीतको सार्वजनिक तस्वीरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन्। उनका जोडीको रुपमा देखिएका खरेल देखिएका छन्। उनीहरु रोमान्टिक अवतारमा प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ। नेपाली फिल्मका निर्माता समेत रहेका न्यौपाने यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तरराष्ट्रिय बजारमा चिनाउने दाबी समेत गरेका छन्।

यो गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ। सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन्।

लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन्। अभिनेत्री शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’पछिल्लो समय रिलिज भएको थियो। जुन फिल्मले हलमा लामो समयसम्म टिक्न सकेन।

Leave A Reply

Your email address will not be published.