सुचना, समाचार र मनोरन्जन

पूर्व मिस नेपाल चाण्डक पहिलोपटक हिन्दी वेब–सिरिजमा, थ्रिलर कथामा आधारित प्रोजेक्ट

काठमाडौं :

पूर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक ‘नेटफ्लिक्स’को वेब–सिरिज ‘ग्लोरी’मार्फत हिन्दी वेब–सिरिजमा पहिलोपटक देखिने भएकी छन्।

चाण्डकले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त सिरिज जेठ १ गतेदेखि प्रसारणमा आउने बताएकी हुन्। उनले यो आफ्नो पहिलो वेब–सिरिज भएको उल्लेख गरेकी छन्। एटोमिक फिल्म्सद्वारा निर्माण गरिएको सिरिज थ्रिलर तथा बदलाको कथामा आधारित रहेको जनाइएको छ।

यद्यपि, सिरिजमा चाण्डकको भूमिका र उपस्थितिको अवधि सार्वजनिक गरिएको छैन।२०७४ सालकी मिस नेपाल विजेता चाण्डकले सोही वर्ष मिस वर्ल्डमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्। उनले नेपाली फिल्म ‘साङ्लो’बाट अभिनय यात्रा सुरु गरेकी हुन्।

हाल मुम्बईमा रहेर अभिनय तथा विज्ञापन क्षेत्रमा सक्रिय चाण्डक पछिल्लो समय भारतीय परियोजनामा केन्द्रित छिन्। उनले निर्देशक सञ्जय लीला भन्सालीको परियोजनामा काम गर्ने बताइसकेकी छन् भने अभिनेता राजकुमार रावसँग विज्ञापनमा पनि देखिएकी छन्।

उनको पछिल्लो नेपाली फिल्म ‘राजागञ्ज’लाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका हुन्, जसको विश्व प्रिमियर भेनिस चलचित्र महोत्सवमा भएको थियो।

Leave A Reply

Your email address will not be published.