सुचना, समाचार र मनोरन्जन

निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत: चलचित्र ‘प्रिन्स’ को पहिलो गीत रेकर्ड

काठमाडौं :

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार चलचित्रको पहिलो गीतको रेकर्डिङ कार्य सम्पन्न गरिएसँगै यसको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

Chaka Panja

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो गीतमा निर्देशक निर शाहकै शब्द रचना रहेको छ। गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा चर्चित गायक शिव परियारको सुमधुर स्वर रहेको छ।

चलचित्रको मूल कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन् भने चलचित्रको पटकथा तथा संवाद लेखनको जिम्मेवारी शिवम अधिकारीले सम्हालेका छन्। ‘प्रिन्स’ लाई सिनेमाटोग्राफर सौरभ लामाले छायांकन गर्नेछन् भने चलचित्रको लाइन प्रोड्युसरको रूपमा पुष्कर लामा (प्रेम भोम्जन) आबद्ध भएका छन्।

निर्माण पक्षका अनुसार चलचित्रको प्रि-प्रोडक्सन र छायांकनको आन्तरिक तयारी अन्तिम चरणमा पुगिसकेको छ। चलचित्रमा मुख्य भूमिका रहने कलाकार तथा अन्य प्राविधिक टोलीको आधिकारिक नाम भने उपयुक्त समय हेरेर छिट्टै सार्वजनिक गरिने जनाइएको छ। अनुभवी निर्देशक निर शाहले ‘प्रिन्स’ मार्फत नयाँ कथावस्तु र फरक प्रस्तुतिसहित पुनः दर्शकमाझ आउने तयारी गरेका हुन्।

Leave A Reply

Your email address will not be published.