सुचना, समाचार र मनोरन्जन

निरुता सिंह र उत्तम प्रधानको कमव्याक फिल्म ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौं :

निरुता सिंह र उत्तम प्रधानको कमव्याक फिल्म ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले फिल्म रिलिजको १० दिनअगाडि पोस्टर रिलिज गरेको हो। यो फिल्म आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउदैछ।

सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै फिल्मको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ।
कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा गिरि विश्वकर्मा र गायत्री जोशी नव नायक तथा नव अभिनेत्रीका रुपमा प्रस्तुत हुँदैछन्। यस फिल्ममा नेपाली निरुता सिंह र उत्तम प्रधानको अभिनयलाई दर्शकले करिब दुई दशकपछि पर्दामा देख्न पाउने छन्।

Pach Pandav

निरुता सिंह,उत्तम प्रधानका अलवा फिल्ममा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी,सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको यस फिल्मलाई किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह(निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। छायांकन संकल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ।

बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतकार प्रशान्त शिवाकोटी हुन्। नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने कला निर्देशन श्याम कार्कीको रहेको छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.