सुचना, समाचार र मनोरन्जन

सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं  :

सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशनमा निर्माण भएकोफिल्मको टिमले शुक्रबार करिब दुई मिनेटको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो। आगामी मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरले हिमाली भेगमा यार्सागुम्बा संकलनका क्रममा हुने संघर्ष, लुटपाट, विश्वासघात र बदलाको कथा प्रस्तुत गरेको छ।

सार्वजनिक ट्रेलरमा हिमाली क्षेत्रको सुन्दरता र त्यहाँको कठिन जीवनशैलीसँगै यार्सागुम्बा संकलनका लागि पुग्ने सर्वसाधारणले भोग्नुपर्ने जोखिमलाई देखाइएको छ। बहुमूल्य जडीबुटी यार्सागुम्बालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा लोभ र पैसाका लागि मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने विषयलाई पनि उठाइएको छ। रिलिजमा एक हप्ता मात्र बाँकी हुँदा दोस्रो ट्रेलर ल्याएर टोलीले दर्शकको उत्सुकता बढाउन खोजेको छ।

जसमा लुटेराको समूहसँग भेट भएपछि उनले आफूलाई कसरी जोगाउलिन् भन्ने कथा ट्रेलरले देखाएको छ। नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको यस फिल्मले सर्भाइभल कथामार्फत दर्शकलाई फरक स्वाद दिने अपेक्षा निर्माण टिमले गरेको छ।यो फिल्मको सबैभन्दा भावनात्मक पक्ष यो नेपाली सिनेमाका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम फिल्म हुनु हो । ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ।

Pach Pandav

त्यस्तै, फिल्ममा कर्मा शाक्यलगायतका कलाकार पनि फरक चरित्रमा प्रस्तुत भएका छन् । मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ। निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकसम्म पुर्‍याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुनेछ।

फिल्ममा सुनिल, कर्मा र परीक्षाका साथै राहुल एन. मुखिया, सजन थापा र मेनुका प्रधानको मुख्य  अभिनय रहेको छ। अंकित खड्का, सुनिल तामाङ, सेवित्ता अधिकारी, ऋषिकेश बस्याल, तेन्जिङ ठकुरी र छेरिङ गोन्पोको पनि अभिनय छ।हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ। अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द डी. कार्की, सह-निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी रहेका छन् ।

निर्देशक राजवंशीकै कथा रहेको चलचित्रमा दीपेन्द गौचन र धिराज राजवंशीको पटकथा, विशष्ठ प्रधानको डिओपी, निमेश श्रेष्ठको सम्पादन, सजल लोप्चन र करुण थापाको भिएफएक्स छ। यो फिल्मलाई भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले भारतमा प्रदर्शन गर्ने भएको छ। ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो। मिडलइस्ट डिस्ट्रिब्युटरमा फार्स फिल्मको मोसन पिक्चर्सले गर्ने फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्म लिएको छ।

जापानमा ‘टोकियो ड्रिम इन्टरटेनमेन्ट’ वितरक छन्। निर्माण टिमका अनुसार नेपाली चलचित्रले यति ठूलो वितरकमार्फत भारतव्यापी प्रदर्शन पाउनु यो पहिलो पटक हो। थडानीले फिल्मको कथावस्तुले भाषा र भौगोलिक सीमा पार गरेर दर्शकसँग जोडिन सक्ने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.