सुचना, समाचार र मनोरन्जन

‘ककाकिकी’ ट्रेलरः गाउँमा बिद्यालय बनाउन बैंक लुट्ने योजनाको कथा ?

काठमाडौँ । हास्य प्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र यहि आउँदो मंसिर ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ, यसैबिच आज (शनिबार) काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा चलचित्रका मुख्य बिषयहरुलाई समेटिएको छ । ट्रेलरले बताए अनुसार कुलेबारी गाउँका मानिसहरु गाउँमा अस्पताल बनाउनका लागी बिभिन्न योजना बनाउँछन्, कतिपयले बैंक लुटेरै भएपनि अस्पताल बनाउनुपर्छ भन्ने निस्कर्षमा पुगेको देखिन्छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल लगायतको कलाकारलाई देख्न सकिन्छ । ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकार गौरी मल्लले आइरहेका धेरै फिल्मभन्दा केहि फरक बनाउने कोशिस यस फिल्मको निर्माण टिमले गरेको दाबी गरिन् । कलाकार शिशिर वाङ्देलले निर्माण टिममा युवाजोश भएका साथीहरु भएकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए । साथै कलाकार मनोज गजुरेलले धेरैपछि फेरी चलचित्रमा जोडिन पाएको र ककाकिकी आफ्नो दोस्रो चलचित्र भएको जानकारी दिए ।

कार्यक्रममा निर्देशक बिक्की अगरवालले नेपाली दर्शकलाई मन पर्ने गरी चलचित्र बनाएको दाबी गरे । उनले चलचित्रको टिजर र ट्रेलर काट्ने काम पनि आफैले गरेको र फिल्म राम्रो हुँदा अथवा जस्तोसुकै प्रतिक्रिया आउँदा आफूले नै त्यसको जिम्मेवारी लिने बताए । यो चलचित्र सुरुमा भदौ १९ मा प्रदर्शन हुने भनिएको थियो तर देशमा ठुलो बाढीपहिरोले धेरैको जनधनको क्षति भएकाले त्यो बेला हाँस्ने र हँसाउने समय नभएको भन्दै चलचित्रलाई मंसिर ११ मा प्रदर्शन गर्ने निर्णय गरिएको थियो ।

Pach Pandav

चलचित्रलाई बिक्की अगरवालसँगै श्रृद्धा प्रसाईंले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरकोकाम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन् । सुदिप बरालको डिओपी रहेको चलचित्रमा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक बिशाल राई हुन् । मेकअपमा अनिस तामाङ, कस्टुम डिजाइनमा सुमन परियार, प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।

Leave A Reply

Your email address will not be published.