सुचना, समाचार र मनोरन्जन

चुनावका लागि ६४ दल दर्ता

काठमाडौँ,

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा हिजो थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोलिसम्मको समयसीमा निर्धारण गरेको छ।

आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलिसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.