Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै
- अमेरिका र क्यानडापछि फिल्म ‘आ बाट आमा २’ को जापान राइट्स पनि बिक्री
- पल शाह र अस्मिता जुरेली फिचर्ड गीत ‘कुरो बुझेसी’ सार्वजनिक, शान थापाको निर्देशन
- शैक्षिक प्रणाली र बाल मनोविज्ञानमा आधारित चलचित्र ‘रोल नं १’ को विशेष प्रदर्शनी, सान्दर्भिक सन्देश दिएको भन्दै प्रशंसा
- बेइजिङ चलचित्र महोत्सवको प्रवर्द्धन कार्यक्रम ठमेलमा सुरु, चिनियाँ बजारमा नेपाली फिल्म लैजान माग
- अन्तरजातीय विवाह गर्ने जोडीलाई गण्डकी सरकारले सुरक्षा दिने
- नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो
- सिनेमा ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा
- मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक
- नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ,
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनका विषयमा राजनीतिक दल र उम्मेदवारबाट अहिलेसम्म कुनै पनि गुनासो नआएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा तयार पारिएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी सम्प्रेषित समाचार सामग्रीसहितको प्रतिवेदन आज ग्रहण गर्दै उहाँले निर्वाचन सम्पन्न गर्न तदारुकता र इच्छाशक्तिसँगै समय र मौसमलगायत परिस्थितिले पनि साथ दिएको स्पष्ट पार्नुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सबै कार्यक्रम शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयो । पुनः मतगणना, बदर र पुनः निर्वाचनको ‘सिकायत’ कहीँकतै भएन ।”
निर्वाचनका सन्दर्भमा आयोग र राससबीच अत्यन्त नजिक रहेर सहकार्य भएको प्रसङ्ग उल्लेख गर्दै कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “नेपालको भरपर्दो समाचार सम्प्रेषण गर्ने व्यावासायिक संस्थाका रूपमा रासस रहेको छ ।” राससले निर्वाचनको माहोल सिर्जना गर्न अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले राससबाट निर्वाचनका सन्दर्भमा भएको कार्यसम्पादनप्रति आयोग सन्तुष्ट रहेको बताउनुभयो ।
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नका लागि सञ्चारमाध्यमको पनि अहम भूमिका हुने भन्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, “पहिलेका निर्वाचन पनि हामीले देखे भोगेकै हौँ, चुनाव भन्यो कि शान्ति सुरक्षाको कुरा आइनै हाल्छ, तर यसपटक सबैतिरबाट यस्तो वातावरण बन्न सक्यो कि चुनावका लागि बन्दुक त के लौरो उठाउनुपर्ने अवस्था पनि आएन । यसका लागि निर्वाचन आयोग सबैप्रति कृतज्ञ छ ।”
Prev Post