काठमाडौँ,
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यामान लुटेरा निर्वाचन प्रणाली नचाहिने बताएका छन् । सोमबार वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले करोडौँ खर्च गरेर पनि निर्वाचन जित्न नसकिने प्रणाली आवश्यक नभएको बताएका हुन् ।
‘करोडौँ खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन । दलित, उत्पीडित सबैले खर्च नगरी चुनाव लड्ने गरी प्रणाली चाहिएको उनले बताए ।