Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फिल्म ‘बाटुलो जून’को सुटिङ सकेर अमेरिका जान लागे अनमोल
- द भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘मैनाम’ म्युजिक फिल्म सार्वजनिक
- ‘दोलखा सिङ्गटी’ बोलको गीत युटूव च्यानल मार्फत सार्वजनिक
- हुलाकमार्फत घरमै राहदानी पाउन थालेपछि ललितपुरका सेवाग्राही खुसी
- रास्वपा महाधिवेशनः साँझ साढे ७ बजेबाट मतदान हुने
- रास्वपा महाधिवेशनमा बुधबार उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
- काठमाडौँमा तार भूमिगत कार्य अन्तिम चरणमा: पोखरासहित देशभर ‘स्मार्ट ग्रिड’ को लक्ष्य
- २६६० अंकमा झर्यो सेयर बजार, ४ महिनाकै न्यून
- विश्वकप २०२६: समूह चरणको अन्तिम खेल आज, स्विट्जरल्यान्ड र क्यानडा भिड्दै
- वीरगञ्ज महानगरपालिकाले ल्यायो चार अर्ब ४२ करोड बजेट
तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो
तनहुँ,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ ।
तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी रहेका १९६ वैकल्पिक निर्वाचन प्रहरीमध्ये उक्त सङ्ख्यामा स्याङ्जा पठाइएको हो । जिल्ला प्रहरी कार्यालयले मागअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेकाले सहयोग गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनले भने, “जिल्लामा छनोट भएकामध्ये अहिलेसम्म ४२ जना अनुपस्थित देखिएका छन्, आजसम्म उपस्थित नभए वैकल्पिक रहेका १२९ जनाबाट व्यवस्थापन गरिनेछ ।”
गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन माग गरिएकामा मागअनुरूप आवेदन नपरेपछि पुनः माघ १० र ११ गते दुई दिन माग गरेकामा माग सङ्ख्या पूरा भई अन्य जिल्लामा सहयोग गर्न सकिएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो । उहाँका अनुसार उक्त दिनमा पुरुष ४३६ र महिला २१७ गरी ६५३ जनाले आवेदन दिएका थिए ।
त्यसैगरी तनहुँमा ३०९ मतदान केन्द्रमध्ये आठवटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ । उक्त अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । उनले भने, “निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु प्रहरी प्रशासनको मुख्य दायित्व हो, जिल्लामा १० स्थानीय तह रहेका छन्भने दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् ।”