सुचना, समाचार र मनोरन्जन
tigar

आफ्नो फिल्मले कायपलट नै गर्ला भनेर फिल्म बनाउदिनँ : निश्चल बस्नेत

काठमाडौं :

फिल्म ‘लुट’बाट नेपाली दर्शकमाझ चिनिएका निर्देशक तथा कलाकार निश्चल बस्नेतको नयाँ फिल्म यहि कार्तिक २४ गतेबाट हलमा लाग्दैछ। हरेक फिल्ममा नयाँपन दिदै आएका निश्चल बस्नेतको यो फिल्मबाट पनि नयाँपनको अपेक्षा दर्शकले गरेका छन्।

sfal

बिहिबार फिल्मको पत्रकार सम्मेलनमा उनले आफुले आफ्नो फिल्मले कायपलट गर्छ भनेर फिल्म नबनाएको बताए। ‘मैले कहिले पनि यसले ट्रेन्ड सेट गर्ला, यसले कायपलट नै गर्ला भनेर फिल्म बनाउदिनँ,’उनले भने,‘न हिजो लुट त्यसरी बनाएको थिएँ, न आज दिमाग खराब नै त्यो सोचका साथ बनाएको छु ।’

अघिल्ला फिल्ममा भएका कमीकमजोरीलाई सच्याउदै यो फिल्ममा नयाँ काम गरेको निश्चलले बताए। उनी भन्छन्,‘ लुट बनाउँदा सपनामा पनि यति धेरै माया पाउँछु भनेर सोचेको थिइनँ । दिमाग खराबबाट पनि केही नयाँ होस् भन्ने चाहना त छ, तर हुन्छ भन्ने पक्का छैन ।’

यो फिल्ममा आफुले इमान्दार भएर फिल्म बनाएको समेत उनले बताए। ‘यो कथा भन्न आवश्यक थियो भनेर बनाएका छौं,’उनले पत्रकार सम्मेलनमा भने। उनका अनुसार फिल्म भित्र समाजमा कुनै एक व्यक्तीले भोगेको अनेक ठक्कर कसरी पाउँछ भन्ने विषयमा फिल्मले बोल्छ।

Leave A Reply

Your email address will not be published.