सुचना, समाचार र मनोरन्जन

नीति शाहको धार्मिक विवाह सम्पन्न, आइतबार भव्य रिसेप्सन

काठमाडौं :

अभिनेत्री तथा ‘मिस नेपाल इन्टरन्यासनल २०१७’ विजेता नीति शाहले कानुनी विवाह गरेको झन्डै एक वर्षपछि शुक्रबार धार्मिक विधिअनुसार विवाह गरेकी छन्। ललितपुरस्थित The Plaza Hotelमा आयोजित समारोहमा परिवार,आफन्त र विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वको उपस्थिति रहेको थियो।

Pach Pandav

एरो–स्पेस इन्जिनियर याच्नित राणासँग दुई वर्ष लामो प्रेम सम्बन्धमा रहेकी शाहले औपचारिक रूपमा वैवाहिक जीवन सुरु गरेकी हुन्। केही दिनयता दुवै विभिन्न प्रि–वेडिङ कार्यक्रमहरूमा सहभागी हुँदै आएका थिए।

नवविवाहित जोडीले आइतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भव्य रिसेप्सन पार्टी आयोजना गर्ने तयारी गरेका छन्। समारोहमा कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई निमन्त्रणा गरिएको जनाइएको छ।

शाहले यसअघि विवाह ककटेल पार्टीमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले नृत्य प्रस्तुति दिएका थिए। मोडलिङबाट करिअर सुरु गरेकी शाहले खजुरे ब्रोबाट फिल्म अभिनयमा डेब्यू गरेकी हुन्। उनी अभिनित नरसिंहा अवतार र मोहर यसै वर्ष प्रदर्शनमा आएका थिए, जसमध्ये मोहर बक्सअफिसमा सफल मानिएको छ। विवाहलगत्तै शाह निर्देशक रेखा थापाको आगामी फिल्म माया भनेकै यस्तो होलामा व्यस्त हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.