सुचना, समाचार र मनोरन्जन

अनामनगरमा आत्मदाह प्रयास गर्ने गायिका नितु पौडेलले गुमाइन् ज्यान

काठमाडौं :

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पौडेलको शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको पुष्टि भएको छ।

गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा पौडेलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई सोधपुछका लागि बोलाएको थियो। हाल उनी प्रहरी सम्पर्कमै रहेका छन्। एसपी भट्टराईका अनुसार यस घटनामा गायिका पौडेलको परिवारले बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गरेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.