काठमाडौँ/
नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार बिहान हुने २४ औँ खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज भिड्दैछन् । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
दुवै टोलीको यो छैटौँ खेल हो । दुवै टोलीले यसमध्ये समान २ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् । दुवै टोलीले ४ अङ्क बटुल्दै छैटौँ र सातौँ स्थानमा विराजमान छन् ।
पोखराले पछिल्लो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । त्यो एनपीएलमा खेलिएको पहिलो सुपर ओभर थियो । उता, काठमाडौँ भने जनकपुर बोल्ट्ससँग ५ विकेटले स्तब्ध बनेको थियो ।