पोखरा/
नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल विजयी भएका छन्। बरालले १ सय ५ मत ल्याउँदा राजेन्द्र अधिकारीले ९६ मत पाए । उपाध्यक्षमा माधव रेग्मी ९० मतका साथ विजयी हुँदा श्रीराम सिग्देलले ७७ मत र कमल पौडेलले ३५ मत पाए ।
उपाध्यक्ष महिलामा कन्चन थापा १ सय ९ मतका साथ विजयी भइन भने बिनकुमारी थापाले ८७ मत पाइन । सचिवमा भुपाल गुरुङ १ सय २ मतका साथ विजयी हुँदा सन्देश श्रेष्ठले ९८ मत पाए ।
सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ सुमन १ सय २६ मतका साथ विजयी भए । दिलप्रसाद गुरुङले ७२ मत पाए ।
सहसचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर विजयी हुँदा श्रीभद्र पौडेलले ८० मत ल्याए ।
कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतका साथ विजयी भए । सुरेश अधिकारीले ८० मत पाए ।
सदस्य (महिला) मा कविता कविता घर्तीमगर १ सय १ मतका साथ विजयी हुँदा देविका तामाङ देविका तामाङले ९४ मत ल्याइन् । सदस्य दलितमा सुरेश सुनार १ सय ४३ मत पाएर विजयी भए सन्तोष परियारले ५१ मत ल्याए ।
शुक्रबार मुलुकभरका ७६ जिल्लामा भएको मतदान अन्तर्गत कास्कीमा २ सय ५ मत खसेको थियो । यहाँ २ सय २० सदस्य छन्।
सदस्य (खुला) तर्फ
अर्जुन (सुशान्त) गाहा : १५१
गौरव त्रिपाठी : १४३
राजु गिरी : १३२
बालकुमारी पौडेल : १२९
सन्तोष सुवेदी : १२८
रिखिराम जि.सी. : ११७
तुलसीराम सुवेदी : १०७
निराजन अधिकारी : १०६
पुष्पराज दाहाल : १०४
सदस्यका अरु उम्मेदवारले पाएको मत
दीपक श्रेष्ठ : १०३
सन्दीप पौडेल :१०३
विष्णु गौतम : ८८
चिरञ्जीवी पौडेल : ८२
राष्ट्रिय परिषद् सदस्य:
निर्वाचित (५ जना)
आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट): १२४
दिननाथ बराल: ११६
कृष्णमणि बराल: १०९
भरत कोइराला : १०८
राजबहादुर गुरुङ: १०८