Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सम्झेर प्यार’ गजल सार्वजनिक : आरजु गिरीको शब्दमा प्रेम र समर्पणको गहिरो अनुभूति
- ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक : राजेश हमाल–करुना राइको जोडी फेरि चर्चामा
- ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपीन–केकीको प्रेमकथा प्रस्तुत
- ‘कमेडी नाइट विथ च्याम्पियन्स’ दोस्रो सिजनमा प्रवेश, ५४औँ एपिसोडबाट च्याप्टर–२ सुरु
- ‘रोल नं १’को टिजर सार्वजनिक : गरिब विद्यार्थीको पीडा र सपना बोकेको कथा
- राहदानी सेवाग्राहीका घरमा पुर्याउँदै चितवन प्रशासन
- राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
- वर्षापछि काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार
- प्रेम थापालाई आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड
- मध्यपूर्व तनाव चर्किँदा तेलदेखि कूटनीतिसम्म असर
एनपिएलः विराटनगरद्वारा जनकपुर सामु १३६ रनको लक्ष्य
काठमाडौँ,
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्ससामु जितका लागि एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेपछि विराटनगरले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए । प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए । यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए ।
बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा भने सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ ।