काठमाडौं :
नेपाली कलाकारहरुलाई यतिबेला घरमा स्टुडियोमा भन्दा पनि क्रिकेट खेलको मैदानमा भेटिन थालेका छन्। शनिबारबाट सुरु भएको घरेलु क्रिकेटको कुम्भमेला नेपाल प्रिमियर लिग (एनपीएल)मा कलाकारहरुको जमघट बाक्लै देखिन्छन्। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा गायिका रचना रिमाल,त्रिशला गुरुङदेखि निश्चल बस्नेतसम्म मैदानमा देखिएका थिए।
मैदानमा गायिका त्रिशला गुरुङले रातो र चन्द्र सुर्य बोलको गीतले उपस्थित भएका दर्शकलाई मनोरञ्जन दिलाईन्। तीन साता चल्ने एनपीएलमा कलाकारको व्यस्तता अन्तिमसम्मै देखिने देखिन्छ। गायिका रचना रिमाल अझ खेलाडीसँग टिकटक बनाउने र तस्विर खिच्नेमा व्यस्त देखिन्थिन्।
यसमा कलाकारलाई एनपीएलका आठवटै क्लबले व्यावसायिक दूत नियुक्त गरेकोले पनि होला रौनक बढेको देखिन्थ्यो।एनपीएलमा अभिनेता राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ राई, रचना रिमाल, सन्दीप क्षेत्री लगायत अन्य कलाकार पनि मैदानमा देखिए।अब भोलीको कार्यक्रममा पनि कलाकारहरुको बाक्लै उपस्थिति देखिने छ।
