काठमाडौं :
यसैसाताबाट प्रदर्शनमा आउन लागेको अल्लू अर्जुन अभिनीत साउथ फिल्म ‘पुष्पा २ : द रूल’को चर्चा चुलिएको छ। फिल्म भारतमा यस वर्षको ठूलो रिलिज मानिएको अभिनेताको फिल्म आउन लागेपछि अधिकांश फिल्महरु साइड लागेका छन्। नयाँ फिल्ममेकरले फिल्म चलाउने चेष्टा गर्न गर्न सकेका छैनन्। त्यति मात्र होइन योफिल्मले अबको चार दिनमा बक्स अफिसमा तहल्का मच्चाउँछ भन्ने समाचारहरु समेत बाहिरिएका छन्।
शनिबार (हिजो)बाट भारतमा हिन्दी र अन्य भाषामा एड्भान्स बुकिङ खुला गरेपछि दर्शकले ख्ल्ला गर्ने बितिक्कै हजारौले बुक गरेका थिए। भारतिय मिडिया विजनेश टूडेका अनुसार २४ घण्टामै ठूलो मात्रामा टिकट बिक्री भइसकेको छ। बुकिङ खुलेको १० घन्टामा भारतका तीन ठूला मल्टीप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसबाट ५४ हजार टिकट काटिएको छ।
समाचारमा जनाएका अनुसार यो हिन्दी भाषाको मात्र टिकट ५४ हजार बिक्रिी भएको हो। यो बाहेक अन्य भाषाको समेत जोड्ने हो भने २४ घण्टामा साढे २ लाख टिकट बिक्री भएको छ। अग्रिम टिकट बिक्री हुँदा त यस्तो छ फिल्म रिलिजको समयमा कति पुग्ला भन्ने अनुमान स्वयंम निर्माण टिमले गर्न सकेको छैन।फिल्मको टिकट बिक्री भएको हिसावले भारतमा मात्र यो फिल्मले २ सय करोडमाथिको ओपनिङ गर्ने अनुमान गर्न सकिन्छ। विश्वव्यापी कति पुग्ला त्यो भने हेर्न बाँकी नै छ। भारतिय मिडियाले विभिन्न आँकलन गरेका छन्।
यही बिहीबारबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन्। उनैको लेखन रहेको फिल्म भारु ५ सय करोड लगानी भएको छ। यहि फिल्मबाट अल्लू अर्जुनले ३ समय करोड भारु बुझेको समाचारमा उल्लेख छ। यो फिल्ममा अल्लु अर्जुनका अलवा फहाद फासिल, रश्मिका मन्दाना,सुनिल बर्मा,धनन्जय, जगपति बाबू लगायतले अभिनय गरेका छन्। निर्माण पक्षका अनुसार यो फिल्म हिन्दी,तमिल,मलयालम,कन्नड र बंगाली भाषामा पनि रिलिज हुनेछ।