काठमाडौं :
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिड आक्रमणमा परेकालाई न्याय दिने बताएका छन्। उनले आफैले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’को संवादमा यो कुरा बताएका हुन्।
अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘नमेटिने घाउ’मा उनले अभिनयका साथै डबिङ पनि गरेका छन्। सोही संवादलाई निर्देशक ढुङ्गानाले ट्रेलरमा समावेश गरेका छन्। बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ।
ट्रेलरमा अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने संवाद समावेश छन्। कार्यक्रममा एसिड सर्भाइभरहरु मुस्कान खातुन,जेनी खड्का, रामराजा थापाको उपस्थिति रहेको थियो। एसिड आक्रमणमा परेकी मुस्कान खातुनले आफुले पाएको जस्तो दुख पिडा अरुलाई नपरोश भन्नको लागि यस फिल्मले समाजमा राम्रो सन्देश दिने बताइन्। अर्की पिडित जेनी खड्काले हामीलाई समाजले हेर्ने नजर नै फरक भएको हुदा यस्तो नगर्न अनुरोध गरिन्।
निर्देशक ढुङ्गानाले आफुले यो फिल्म निर्माण गरेर अरु थप कोहि एसिड आक्रमणको सिकार बन्न नपरोस् भन्ने हिसावले निर्माण गरेको बताए। उनले निर्माण गर्दा कति पैसा खर्च भयो भन्दा पनि आत्मासन्तुष्टी मिलेको समेत बताए। निर्माता अमित ढुंगानाले ‘नमेटिने घाउ’ निर्माण गर्नुको फरक उदेश्य रहेको तथा समाजमा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
आगामी भदौ ७ गतेबाट नेपालभरका रिलिज हुन लागेको फिल्ममा एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित रहेको छ। एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर निर्माण गरिएको यो फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ। साथै फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।
शिवम् अधिकारीको कथा तथा पटकथा रहेको यो फिल्ममा अन्य प्रहरी उपरीक्षकद्वय बाल नर्सिहकक राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सयभन्दा बढी प्रहरीले पनि अभिनय गरेका छन्। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई नीरज कँडेलले खिचेका हुन् भने बनिश शाहको सम्पादन,ओम सुनारको गायन तथा सङ्गीत र किरण दाहालको एक्सन रहेको छ।