सुचना, समाचार र मनोरन्जन

ओस्कार विजेता आदिवासी जोडीले निर्माताविरुद्ध कानुनी उपचारको खोज्दै

काठमाडौं :

भारतिय फिल्म बजारमा यतिबेला ओस्कार विजेता भारतीय कलाकार आदिवासी जोडीले निर्माताविरुद्ध कानुनी उपचारको खोजी गरेका छन् । वृत्तचित्र विधामा ओस्कारमा उत्कृष्ट अवार्ड हात पारेको ‘एलिफेन्ट विस्परर्स’ को केन्द्रविन्दुमा आदिवासी जोडी बोमन र बेलीले कानुनी उपचार खोजेका हुन्।

Chaka Panja

दक्षिण भारतको तमिलनाडु राज्यस्थित मुदुमुवाली टाइगर रिजर्भमा हात्तीका घाइते बच्चाको स्याहार गर्दै आएका उनीहरुको फिल्मले ओस्कारमा अवार्ड जित्ने पहिलो भारतीय वृत्तचित्र रहेको छ। यहि ओस्कारमा अवार्ड पाएसँगै ख्याति कमाएका बोमन र बेलीले राज्य सरकारबाट एक लाख भारतीय रुपैयाँ सहित सम्मान गरेको थियो।

अवार्ड जितेको खुशीमा रमाइरहेका यि जोडीलाई निर्माण टिमले उचित रकम नदिदा अहिले कानुनको खोजीमा रहेका छन्।
भारतिय मिडियाका अनुसार शिक्षा इन्टरटेनमेन्टकी निर्देशक तथा निर्माता कार्तिकी गोसेल्भ्सलाई मुद्दा हालेका हुन्। उनीहरुले आदिवासी जोडीलाई बुढेसकालमा खर्चका लागि दुई करोड भारतीय रुपैयाँ दिने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.