पोखरा,
ओशो उपवनको आयोजनामा आगामी भदौ २० गते शनिबार पोखरामा एकदिने ‘ओशो मेगा क्याम्प’ आयोजना हुने भएको छ। ध्यान, सत्संग र उत्सवलाई केन्द्रमा राखेर सञ्चालन हुने उक्त कार्यक्रम ताजमहल इभेन्ट सेन्टर (ताजमहल बैंक्वेट), पार्स्याङ, पोखरा मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार क्याम्पमा प्रख्यात ध्यान गुरु तथा बोधिसत्त्व स्वामी आनन्द अरुणको विशेष सान्निध्य रहनेछ। कार्यक्रममा सहभागीहरूले ध्यानका विभिन्न विधि, आत्मपरिवर्तनका अभ्यास, जीवन व्यवस्थापनका सूत्र तथा उत्सवमय वातावरणको अनुभव गर्न पाउनेछन्।
वर्तमान समयको तनाव, चिन्ता, मानसिक दबाब र व्यस्त जीवनशैलीबीच मानिसहरूलाई आन्तरिक शान्ति, आनन्द र सन्तुलित जीवनतर्फ प्रेरित गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको आयोजकले जनाएको छ।
ओशो उपवनले पोखरा तथा आसपासका क्षेत्रका इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई जीवनमा शान्ति, प्रेम र जागरणको अनुभूति गर्न आग्रह गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारी तथा दर्ताका लागि ९८४०६०००५६ मा सम्पर्क गर्न सकिनेछ। “ध्यान, सत्संग र उत्सवको अद्भुत संगममा सहभागी बनौं, जीवनलाई नयाँ ऊर्जा र नयाँ दृष्टिकोण दिऔं।”