सुचना, समाचार र मनोरन्जन

९२ लाख रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं/

प्रहरीले ९२ लाख रुपैयाँ नगदसहित काठमाण्डाैबाट तीन जनालाई पक्राउ गरेको छ ।

रवि धमला, जीतबहादुर तामाङ र सन्तोष खातीलाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरूको साथबाट ७७ लाख र पछि १५ लाख गरी ९२ लाख रुपैयाँ नगद बरामद भएको हो ।

स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.