सुचना, समाचार र मनोरन्जन

फिल्म ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री,कसले किन्यो ?

काठमाडौं :

चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको फिल्म ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ। आगामी फागुन १४ गते अर्थात शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउने षे फिल्मको भारत बाहेकको देशमा बिक्री भइसकेको छ।

यसका लागि अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो। मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Chaka Panja

सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ। वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन्।

नेपालमा भने यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ। कुमार कट्टेलले नै लेखेको तथा निर्देशन गरेको यो फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा रहेका छ। साथै यो फिल्ममा टेलिभिजन हास्य श्रृखंला ‘सक्किगोनी’ टिमबाट र्जुन घिमिरे (पाँडे),सागर लम्साल(बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी),कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ।

नवीन श्रेष्ठ निर्माता रहेको फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। फिल्ममा सुदीप बराल छायांकारका रुपमा रहेका छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार–प्रसार तीव्र पारिएको छ।

Leave A Reply

Your email address will not be published.