सुचना, समाचार र मनोरन्जन

कांग्रेसले सय दिने विशेष अभियान पौष १६ सम्म गर्ने

काठमाडौं/

नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिएको जनाएको छ ।

७ असोजदेखि सुरु भएको सय दिने अभियान १६ पुसमा सकिने गरी समयावधि बनाइएको थियो । यस अवधिभित्र कार्यसम्पादन नसकिएका जिल्लामा एक महिना अवधि थपिने भएको छ ।

Chaka Panja

‘१६ पुससम्मका लागि समयावधि तोकिएको थियो । सय दिने अभियानको बेलामा बाढी पहिरो, चाडबाड, स्थानीय तहको उपनिर्वाचन भयो,’ महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘सय दिने अभियानका बेला काम नसकेका जिल्लाले १६ माघसम्म सक्ने गरी समयावधि थपिन्छ ।’

शर्माका अनुसार कतिपय जिल्लाले भने यही अवधिमा अभियानको काम सकेका छन् ।

पार्टीको आन्तरिक कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकिएको कांग्रेसले जनाएको छ । पार्टीभित्रको विवाद, तहगत सम्मेलन, क्रियाशील सदस्यता वितरण/नवीकरण, नियमित बैठक लगायत काम गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

Leave A Reply

Your email address will not be published.