
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पढाइलाई असर नपुग्ने गरी दशैँमा प्रशिक्षण: ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को तयारी तिब्र
- बुटवलमा ‘आ बाट आमा–२’ को भव्य कन्सर्ट, पल शाह र विपना थापालाई हेर्न बिहानैदेखि दर्शकको भीड
- न्यायको मन्दिरमा गुटको छायाँ: गरिमा र विश्वासको पुकार
- नायिका प्रियंका कार्कीको उपस्थितिमा पोखरामा ‘फेवा मसला’ सार्वजनिक
- उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
- सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने
- कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो
- लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा
- सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा
- ‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का
पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित
तानसेन,
उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको छ । निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन् ।
बढी फल्ने वर्णशङ्कर ९हाइब्रिड० जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका उक्त धान विलुप्तोन्मुख हुन गएका हुन् ।
यहाँस्थित धानका जातमध्येको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ । माडीफाँटाका ५८ वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको च्युराको स्वाद अझै बिर्सन नसकिने बताउनुहुन्छ ।
“सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ”, उहाँले भन्नुभयो, “अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जाँदा खल्तीभरि त्यही च्युरा भरेर खाँदै पुग्ने गर्दथ्यौँ, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।” थापाले भन्नुभयो ।

अर्गेलीका किसान शोभाकर न्यौपानेले अनदीको धान बीउका रूपमा जोगाउन मुस्किल पर्दै गएको बताउनुहुन्छ । माथागढी गाउँपालिका कसेनीका किसान दिलबहादुर रानाले एक दशकदेखि बजारबाट हाइब्रिड जातका धानको बीउ खरिद गर्दै आउनुभएको छ ।
उहाँ हरेक वर्ष करिब रु चार हजार बराबरको बीउ खरिद गर्नुहुन्छ । हाइब्रिड बीउले बढी उत्पादन दिने भएकाले अन्य जात प्रयोग गर्न उहाँले छोड्नुभएको हो ।
बगनासकाली गाउँपालिका नायरका किसान नवराज बस्याल र माथागढी कसेनीकै विष्णु कुँवरको अनुभव पनि उस्तै छ ।
“पहिलेभन्दा धेरै उत्पादन हुन थालेपछि हामीले हाइब्रिड बीउलाई निरन्तरता दिएका छौँ”, भन्नुभयो । कृषि ज्ञान केन्द्र पाल्पाका वरिष्ठ बागवानी अधिकृत मनिष पौडेलले स्थानीय समुदायको सक्रिय सहभागिता र सरकारी सहयोगबाट लोपोन्मुख स्थानीय धानलाई पुनर्जीवित गर्न सकिने सम्भावना रहेको बताउनुहुन्छ । पौडेलको भनाइ । पाल्पामा सात हजार ३९५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।