Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फ्लपको ट्याग हट्यो: ३१ ब्लकबस्टरको सूचीमा अनमोल केसीको दमदार ‘इन्ट्री’
- प्रियंका कार्कीको ‘मास्टर्नी’ भदौ ५ मा आउने, पोस्टरमा देखियो रहस्यमयी रूप
- मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
- बालखैमा बिहे गरेकी गौँथलीलाई सासुले कुटिन्,सासुको कुटाई सहन नसक्दा हिडिन माइती(भिडियोसहित)
- ‘लज्जावती’ सुन्दरी मेनुकाको नयाँ मिसन: ‘फेस अफ नेपाल-२०२६’ को खोजी सुरु!
- पर्यटनको अपार सम्भावना बोकेको पञ्चासे, पूर्वाधार अभावले ओझेलमा
- पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
- नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
- पाल्पाबाट दालचिनी भारत निर्यात
- यस वर्ष कामपामा विपद्का घटनामा कमी
पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित
तानसेन,
उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको छ । निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन् ।
बढी फल्ने वर्णशङ्कर ९हाइब्रिड० जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका उक्त धान विलुप्तोन्मुख हुन गएका हुन् ।
यहाँस्थित धानका जातमध्येको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ । माडीफाँटाका ५८ वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको च्युराको स्वाद अझै बिर्सन नसकिने बताउनुहुन्छ ।
“सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ”, उहाँले भन्नुभयो, “अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जाँदा खल्तीभरि त्यही च्युरा भरेर खाँदै पुग्ने गर्दथ्यौँ, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।” थापाले भन्नुभयो ।
अर्गेलीका किसान शोभाकर न्यौपानेले अनदीको धान बीउका रूपमा जोगाउन मुस्किल पर्दै गएको बताउनुहुन्छ । माथागढी गाउँपालिका कसेनीका किसान दिलबहादुर रानाले एक दशकदेखि बजारबाट हाइब्रिड जातका धानको बीउ खरिद गर्दै आउनुभएको छ ।
उहाँ हरेक वर्ष करिब रु चार हजार बराबरको बीउ खरिद गर्नुहुन्छ । हाइब्रिड बीउले बढी उत्पादन दिने भएकाले अन्य जात प्रयोग गर्न उहाँले छोड्नुभएको हो ।
बगनासकाली गाउँपालिका नायरका किसान नवराज बस्याल र माथागढी कसेनीकै विष्णु कुँवरको अनुभव पनि उस्तै छ ।
“पहिलेभन्दा धेरै उत्पादन हुन थालेपछि हामीले हाइब्रिड बीउलाई निरन्तरता दिएका छौँ”, भन्नुभयो । कृषि ज्ञान केन्द्र पाल्पाका वरिष्ठ बागवानी अधिकृत मनिष पौडेलले स्थानीय समुदायको सक्रिय सहभागिता र सरकारी सहयोगबाट लोपोन्मुख स्थानीय धानलाई पुनर्जीवित गर्न सकिने सम्भावना रहेको बताउनुहुन्छ । पौडेलको भनाइ । पाल्पामा सात हजार ३९५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।