सुचना, समाचार र मनोरन्जन

‘परालको आगो’को बंगलामुखी मन्दिरमास्क्रिप्ट पूजा,भदौ २६ देखि छायांकन

काठमाडौं :

निर्माता सुशील पोखरेलले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्र ‘परालको आगो’ को छायांकन भदौ २६ गतेबाट सुरु हुने भएको छ।

फिल्मको स्क्रिप्ट पूजाका साथ शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिपूर्वक कार्यक्रम सम्पन्न गरिएको छ। स्क्रिप्ट पूजापछि निर्माण टिमले छायांकन म्याग्दी जिल्लाबाट सुरु हुने जानकारी दिएको छ।

Protin

लक्ष्मण सुनारको निर्देशन रहने फिल्ममा अभिनेता सौगात मल्ल, लोकगायक तथा कलाकार प्रकाश सपुत, सुहाना थापा, श्रृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायतको अभिनय रहनेछ।

चलचित्रको कथा सुशील देवकोटाले लेखेका हुन्। छायांकन संकल्प भुजेलले गर्नेछन् भने नृत्य निर्देशन रामजी लामिछाने, स्क्रिप्ट डक्टरिङ सुलक्षण भारतीले गर्नेछन्। फिल्ममा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत समावेश हुनेछ। कलाकारहरूले छायांकन अघि केही समय वर्कसपसमेत गरिसकेका छन्।

गुरु प्रसाद मैनालीको चर्चित साहित्यिक कृति ‘परालको आगो’ माथि यसअघि ४५ वर्षअघि पनि फिल्म निर्माण भइसकेको थियो। नयाँ संस्करणलाई फरक धारमा प्रस्तुत गर्ने तयारी निर्माण पक्षको रहेको छ।

Leave A Reply

Your email address will not be published.