सुचना, समाचार र मनोरन्जन

‘परान’को दौड रोकिएन, ‘जेरी अन टप’ १३ करोड क्लब नजिक

काठमाडौं :

चौथो हप्तामा प्रदर्शन भइरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा बलियो उपस्थिति कायम राखेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार फिल्मले हालसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। लगातारको हिट शोजले ‘परान’ अहिले पनि प्रमुख हलहरूमा स्थायित्वका साथ चलिरहेको छ।

यसैबीच,अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले यसको व्यापारिक गति झनै उकासेको छ। शनिबारसम्मको सार्वजनिक बक्स अफिस रिपोर्टअनुसार फिल्मले १२ करोड ९७ लाख रुपैयाँभन्दा माथिको कलेक्सन गरिसकेको छ। पछिल्ला दुई दिनको आँकडा समावेश गर्दा ‘जेरी अन टप’ ले १३ करोडको मार्क पार गरेको बोर्डको प्रारम्भिक आकलन छ।

दुई फिल्मबीच बक्स अफिसमा देखिएको ‘स्टडी रन’ ले यो साता पनि नेपाली फिल्म बजारलाई गतिशील बनाइरहेको देखिन्छ। तेस्रो हप्तामा चलिरहेको ‘जारी २’ ले अहिलेसम्म ५ करोड ८९ लाख ३ हजार ७५२ रुपैयाँ कमाइ गरेको छ। सोही साता रिलिज भएको ‘मनबिनाको धन’ ले ३ करोड ४० लाख ६३ हजार ४६ रुपैयाँ कमाइ गरेको बोर्डको रिपोर्टमा उल्लेख छ। अझै अर्को हप्ता पनि यिनै फिल्मले हल कब्जा गर्ने देखिन्छ।

Leave A Reply

Your email address will not be published.