सुचना, समाचार र मनोरन्जन

पर्वतको दुर्लुङमा दोस्रो पौष १५ ल्होसर मेला हुँदै

पर्वत ।

पर्वतको पर्यटकीय गाउँ दुर्लुङमा पौष १५ मा ल्होसर मेला हुने भएको छ । स्थानिय नवप्रतिभाशाली युवा क्लबको आयोजनामा उक्त मेला हुन लागेको हो ।

स्थानिय कला संस्कृति तथा पर्यटनको प्रवद्र्धन संगै राष्ट्रिय भलिबल खेलको विकास, विस्तार एवम् नयाँ प्रतिभावान खेलाडीहरु उत्पादन तथा पहिचान गर्ने उद्देश्यले पौष १२ देखि १७ गते सम्म मेलाको आयोजना गरिएको क्लबका सल्लाहकार भिम गुरुङले बताए ।

मेलामा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता,नृत्य प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता,रस्सी तान्ने प्रतियोगिता, वकृत्वकला प्रतियोगिता लगायत अन्य विविध कार्यक्रम गरिने गुरुङले बताए ।

भलिबल प्रतियोगितामा प्रथम हुनेले ६० हजार शिल्ड,मेडल,प्रमाणपत्र र द्धितिय हुनेले ४० हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक स्वाग्रिम गुरुङले जानकारी दिए । मेलामा हरेक दिन स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले बताएको छ ।

पर्वतको रमणिय गाउँ दुर्लङबाट हिम शृङखला नजिकैबाट हेर्न सकिने छ भने स्थानिय गुरुङ समुदायको संस्कृति अवलोकन गर्न सकिने छ ।

Leave A Reply

Your email address will not be published.