सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पार्वती’ : अटिजमको कथा बोकेर फरकपन दिन खोजेको दाबी

काठमाडौँ :

नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ प्रदर्शनको संघारमा प्रचारप्रसार तिब्र पारेका छन्। प्रदर्शनमा आउन लागेको फिल्मको थप प्रमोसनका लागि निर्माण टिम चितवन पुगेको छ।

Pach Pandav

प्रदर्शन पूर्व देश दौडाहामा रहेको निर्माण टिमका कलाकार सहित चितवन पुगेका हुन्। मंगलबार चितवनमा भएको पत्रकार सम्मेलनमा फिल्म निर्देशक, कथाकार तथा अभिनेत्री नीता ढुंगानाले अटिजमको कथा बोकेको फिल्मले दर्शकलाई फरक स्वाद दिने बताईन्। उनले अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको तर्क गरिन्। फिल्ममा दिदी र भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई देखाउन खोजिएको छ। फिल्ममा नीताले अटिमजम भएकी महिलाको पात्र निभाएकी छन्। कलाकार अशोक दर्जी उनको भाईको भूमिकामा छन्।

नीताले अशोकले निभाएको भाईको चरित्रमा अन्य कलाकारलाई कल्पना नै गर्न नसकिने समेत बताईन्। फिल्म प्रदर्शनपछि दर्शकहरु आँफैले पनि यो विषमा मनन गर्ने उनको विश्वास छ। उनले अटिजम भएकी महिलाको चरित्र निभाउन यस बारे लामो समय अध्ययन गरेको बताईन्। अटिजम आँफैमा संवेदनशिल विषय भएकोले पनि लामो समय ध्ययन गरेर मात्रै आँफैले आँफैलाई अटिजम भएकी महिला पात्रको रुपमा पर्दामा उतारेको नीताले बताईन्। अटिजम भएकी महिलाको दैनिकीलाई नजिकबाट नियालेरबाट आफूले फिल्म बनाएको उनको भनाइ छ।

नीताको भाईको भूमिकामा रहेका कलाकार अशोक दर्जीले फिल्म सबैले हेर्नै पर्ने सामाजिक कथा बोकेको कथा भएको बताए। निर्माता हरिहर अधिकारीले फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिकृया पाएको बताए। उनले प्रदर्शनपछि फिल्म कथाले नै सबै कुरा बोल्ने बताए।फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट,राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली,आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.