सुचना, समाचार र मनोरन्जन

टिकटकमा छयापछ्याप्ती ‘परदेशी २’का दृश्य,निर्माण टिम मौन

काठमाडौं :

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’का दृश्यहरु टिकटकमा भेटिन थालेका छन्। १५ सेकेण्डभन्दा लामो दृश्यहरु टिकटकमा भेटिएका छन्। टिकटकमा फिल्मका अधिकांश दृश्य भेटिएता पनि निर्माण पक्षभने मौन देखिएका छन्। यसबाट निर्माताको लगानी डुब्ने निश्चित जस्तै देखिएको छ। यसबाट निर्माताहरुले ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ ।

यो फिल्मले शनिबार,आइतबार र सोमबार देशभरबाट राम्रै व्यापार गरको निर्माण पक्षको भनाई छ। उनीहरु सोमबारबाट दर्शक प्रतिक्रिया बुझ्न मोफसल चितवन हुँदै पोखरा पुग्ने छन् भने बिहिबार मात्रै काठमाडौं फर्कने छन्।

यसरी मोफसलका हलमा जाने कलाकारहरुमा प्रकाश सपूत र अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा सिवाकोटी र निर्देशक,निर्माता रहेका छन्। नारायण रायमाझीले निर्देशन गरेको फिल्मलाई राजेश बंशेलले लगानी गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.