सुचना, समाचार र मनोरन्जन

फिल्म चल्न चारदिन बाँकी हुँदा ‘पर्खि बसें तिमीलाई’को छैन चहलपहल

काठमाडौँ  :

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘पर्खिबसे तिमीलाई’को हल्ला खल्ला हुनै सकेको छैन। निर्माण टिमले दौडधुप गर्दा पनि फिल्मको चहलपहल देखाउन सक्दा निर्देशक दीपक श्रेष्ठले आँसु खसाउन मात्र सकेका छैनन्। उनी निकै चिन्तित बनेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफुलाई हलवाला र चलचित्रकर्मीले समेत साथ नदिएको गुनासो गरे।

निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’दुई नवोदित कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई भित्राएका छन्। उनले नयाँ कलाकार भएकै कारण कसैले साथ नदिएको हो की भन्ने आभास आफुले पाएको बताए।

उनले भने,‘मैले अघिल्ला फिल्म झैँ नयाँलाई अवसर दिएको छु । उहाँहरू नाममा नयाँ भएता पनि काम पुरानाले झैँ गर्नुभएको छ । तीन दशकको फिल्म यात्राको अनुभवले पनि म किरण र रक्षाको भविष्य उज्वल छ भन्न सक्छु । तर, यहाँ काम नहेरी नै निर्णय सुनाइन्छ । जो पनि नयाँ बाटै पुरानो हुन्छन् । तर, नयाँलाई लिएर फिल्म बनाउँदा बटुलेको अनुभव सुखद छैन ।’

उनी फिल्मकर्मीसँग मात्र होइन । मिडियासँग पनि उतिकै असन्तुष्ट देखिए। केहि मिडियाले हावाको भरमा फिल्म चल्ने नचल्ने अनुमानका घरमा बोलेको भन्दै त्यसो नगर्न आग्रह गरे।

उनले थपे,‘हलमा फिल्म चल्ने वा नचल्ने टुङ्गो नहुने, मिडियाले पनि उचित स्थान नदिने लगायतका धेरै समस्याको सामना गर्दै यहाँसम्म आएका छौँ । नयाँलाई अवसर दिदैनन् भनिन्छ, अवसर दिदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ । यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुश गरेको छु ।’

अभिनेता किरण श्रेष्ठले आफुले थुप्रै फिल्ममा अडिसन दिएपनि आफुलाई फ्यालिएको बताए। उनले फिल्मको अडिसनमा पहिला नै सेटिङ भइसकेको हुनाले अडिसनको अर्थ नरहेको बताए। उनले नयाँ कलाकारलाई दिने हौसलामा कमि पाएको गुनासो गरे।

उनले भने,‘यद्यपि नयाँलाई दिने पर्ने हौसलामा भने कमि छ, जस्तो लागेको छ । मैले पाएको भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेको छैन । म यसमा पठाओ चालकको भूमिकामा छु । त्यही क्रममा एक दिन आभा अर्थात् रक्षासँग भेट हुन्छ । त्यही भेटघाटले महसुश गराउने प्रेम र त्यसमा आउने उतारचढावमा फिल्म केन्द्रीत छ । सुन्दा नयाँ नलाग्न सक्छ, तर हेर्नुभयो भने एउटा फरक कथा तपाइले पाउनु हुनेछ । यो मेरो पुस्ताले प्रेम बुझ्न र अग्रजले आफ्नो सन्तान बुझ्न हेर्नु पर्ने फिल्म हो ।’

अभिनेता श्रेष्ठले आफुले नाटकमा सात वर्ष काम गरेको अनुभव रहेको हुनाले फिल्ममा पनि राम्रो काम गर्ने कोसिस गरेको बताए।
उनले अगाडी भने,‘ मण्डलामा सातवर्षदेखि जोडिएको छु भने तेह्र बढी नाटकमा अभिनय गरेको छु । फिल्ममा डेब्यु गर्ने अवसर पहिले पनि नपाएको होइन, तर एउटा अनुभवी टिमसँग काम गर्ने रहर थियो । त्यहिँ अनुरुप मैले यो टिम रोजेर काम गरेको हुँ । मैले के कस्तो गरे भन्ने त फिल्म प्रदर्शन पश्चात नै थाहा हुनेछ ।’
यता बुबाको लगानीमा हिरोइन बनेको आरोप खेपेकी रक्षा बुढाथोकीले आफ्नो क्षमताले नै कलाकारितमा आएको बताईन।
उनले भनिन्,‘बुबा प्रोड्युर भएर मलाई हिरोइनमा लिनुभएको होइन। मेरो अभिनय देखेर नै बुबाले लगानी गर्नुभएको हो। लाखौ रुपैया खर्च गर्न त्यसै सकिदैन थियो होला।’
अभिनयका हिसाबले दोस्रो भएता पनि मुख्य भूमिका निर्वाह गरेको उनको यो पहिलो फिल्म हो। त्यसैले उनले आफ्नो पहिलो फिल्म भएका कारण आफुले निकै मेहनत गरेको बताईन
‘ बाल्यकालदेखि नै गीतमा नृत्य गर्ने, अभिनयको अभ्यास गर्ने गर्थे । तर, स्कुल जीवन सकिएपछि यसमा नै भविष्य बनाउने निर्णय लिएँ । त्यहिँ अनुरुप सुरु गरेकी हुँ,’निकै उत्साहित हुँदै भनिन्,‘मैले बाल्यकालदेखि नै फिल्म निर्देशकका रुपमा देखेको दीपक सरसँग काम गर्न पाउँदा उत्साहित छु ।’
पुराना निर्देशकसँग काम गर्दा आफुलाई कहिल्यै नयाँ कलाकारको जस्तो व्यवहार नगरेको भन्दै आफ्नो अनुभव समेत साटेकी छन्।

उनले थपिन,‘उहाँले कहिले नयाँ जस्तो गर्नुभएन र टिमको सहयोगले काम गर्न सहज भयो । यस क्षेत्र आफूलाई अगाडि बढाउन उहाँहरूबाट प्राप्त भएको सिकाईले मदत गर्नेछ । मैले फिल्ममा आफ्नै उमेर समुहकी युवतीको भूमिका निर्वाह गरेकी छु । सम्पन्न परिवारको सरल युवतीको भूमिका छ । जसले माया खोज्छे तर पाउदिन । आकाश अर्थात् किरणसँगको प्रेम नै फिल्मको कथासार हो । तर, त्यसमा आउने उतारचढावले हाम्रो पुस्तालाई मायाको बारेमा स्पष्ट बनाउँछ भन्नेमा विश्वस्त छु ।’

Leave A Reply

Your email address will not be published.