सुचना, समाचार र मनोरन्जन

‘आ बाट आमा’को दश दिनको कमाई ५ करोड नाघ्यो

काठमाडौं :

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ले एकै दिनमा एक करोड २० लाख ग्रस कलेक्सन गरेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले प्रदर्शनको दश औँ दिनमा ५ करोड २० लाख ग्रस कलेक्सन गरेको हो।

निर्माण पक्षले जानकारी दिए अनुसार दोस्रो हप्तामा प्रवेश गरेसँगै फिल्ममा दर्शक बढेका हुन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो सातामै ३ करोड १८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।

आमा–बुबा र छोराबीचको सम्बन्धलाई केन्द्रमा राखिएको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय रहेको छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको ‘आ बाट आमा’ चन्द्र पन्तको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्मको वितरण आरआर फिल्म्स ले गरेको हो भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग सुरक्षित छ।

Leave A Reply

Your email address will not be published.