काठमाडौँ :
हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अमेरिकामा सम्मानित भएका छन्। नेब्रास्का राज्यको ओमाहा सहरस्थित ग्रेट इभेन्ट्स सेन्टरद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई कलाकारिता र समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।
वि.सं. २०७२ सालको भूकम्पपछि स्थापना गरिएको धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत उनीहरूले देशका विभिन्न स्थानमा ठूला सामाजिक परियोजना सञ्चालन गर्दै हालसम्म ३ सय ८० घर निर्माण गरेका छन्।

