काठमाडौं :
अभिनेता पल शाहको ‘फूलबुट्टे सारी’लाई दश करोड भ्युज प्राप्त भएको छ। करिब ३ वर्ष अघि रिलिज भएको यो गीतलाई दर्शकले दश करोड पटक हेरेका छन्। यो गीतको सुरुमा मेल भर्सन रिलिज गरिएको थियो भने पछि फिमेल भर्सनमा गाइएको थियो।
फिमेल भर्सनको गीतमा मिलन नेवारले गाएकी छन् भने गीतका शब्द तथा संगीत राजनराज शिवाकोटीले गरेका छन्। केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलबाट रिलिज भएको गीतको भिडियोमा पल शाहका अलवा अभिनेत्री मलिका महतले अभिनय गरेका छन्। यहि गीतबाट पहिलोपटक पल र मलिकाले भिडियोमा सहकार्य गरेका हुन्।