सुचना, समाचार र मनोरन्जन

कार दुर्घटनामा परेका भारतको चर्चित रियालिटी शो ‘इण्डियन आइडल १२’का विजेता तथा गायक पवनदीप राजन उपचारपछि घर फर्किए

काठमाडौं :

२५ दिन अघि कार दुर्घटनामा परेका भारतको चर्चित रियालिटी शो ‘इण्डियन आइडल १२’का विजेता तथा गायक पवनदीप राजन उपचारपछि घर फर्किएका छन्। उनी नोयडास्थित अस्पतालबाट डिस्चार्जमा उपाचार पश्चात घर फर्किएका हुन्।

Protin

उनी गत वैशाख २२ मा उत्तर प्रदेशको अमरोहा नजिक सवारी दुर्घटनामा परेका उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। खुट्टाको दुबै भाग भाँचिएपछि उनलाई ३ वटा शल्यक्रिया गर्नुपरेको थियो।

डिस्चार्ज भएको खुशी उनले इन्स्टाग्राममार्फत एक तस्वीर सेयर गर्दै व्यक्त गरे। फोटोमा उनी विमानमा मुस्कुराउँदै बसेका देखिन्छन् । पोस्टमा उनले लेखेका छन्, ‘डिस्चार्ज भएर घर जाँदैछु । तपाईंहरू सबैको माया, आशीर्वाद र शुभेच्छाको लागि धन्यवाद ।’

Leave A Reply

Your email address will not be published.