सुचना, समाचार र मनोरन्जन

हिन्दी गीतमा पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक

काठमाडौं :

पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक बलिउडमा करिअर बनाउन संघर्षरत छिन्। केहि नेपाली फिल्म ‘पूजार सर’लगायत केहि फिल्ममा अभिनय गरेकी उनी भारतमा नै बसेर संघर्षको मैदानमा उभिएकी छन्। सोही अनुसार उनी पछिल्लो समय बलिउड फिल्मदेखि विज्ञापन र म्युजिक भिडियोमा देखिन थालेकी छन्।

भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’मा अभिनय गरिसकेकी निकिता अभिनित पछिल्लो गीतको भिडियो समेत रिलिज भएको छ। बलिउड गायिका सुरभी दशपुत्रको नयाँ गीत ‘मोरे साजन’मा उनले अभिनय गरेकी छन्। चार दिनअघि रिलिज भएको यो गीतको भिडियोमा उनले पर्याप्त ‘स्क्रिन स्पेश’ पाएकी छन्।

यसअघि उनले बलिउड अभिनेता राजकुमार रावसँग एक विज्ञापनमा समेत सहकार्य गरिसकेकी निकिताले हालै एक हिन्दी म्युजिक भिडियोमा काम गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.