Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- फिल्म ‘मन विनाको धन २’ मा महेश त्रिपाठी अनुबन्धित, पूजा शर्मासँग जोडी बाँधिने
- स्वस्तिमा,आँचल र नीतिदेखि मिस नेपालसम्म : १८ सेलिब्रेटी एउटै र्याम्पमा उत्रिने
- विवाद र आलोचनाका बीच ‘लालीबजार’ हाउसफुल, परिवारसहित हल पुग्दै दर्शक
- फिल्म ‘एक मुठ्ठी बादल’ को प्रिमियरमा बेहुली अवतारमा देखिएकी आँचल शर्मा
- विपीन र केकीको फिल्म ‘काजी’ को ट्रेलर ट्रेन्डिङमा, जेठ ८ गते रिलिज हुने
- भदौ २६ मा आउने भयो रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’
- सिद्धान्त अधिकारीलाई वर्ष उत्कृट प्रशिक्षक अवार्ड
- कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघको अवार्ड
- १० औं रारा पोखरा स्पोर्ट्स अवार्ड: निभा राईलाई उदीयमान खेलाडीको अवार्ड
- सुरक्षित र प्रविधिमैत्री पोखरा निर्माणमा सीसीटिभी व्यवस्थापनको आवस्यकता
डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि
काठमाडौँ,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
मध्यराति अर्थात् १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।
परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।
पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
Prev Post