सुचना, समाचार र मनोरन्जन

एउटै विद्यालयका पाँच जनालाई विद्यावारिधि

 

झापा : मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका पाँच जनाले विद्यावारिधि गरेका छन्। विद्यावारिधि गर्नेमा डा टीका भण्डारी, डा हरिप्रसाद कट्टेल, डा जीवनमणि पौडेल, डा केदारमणि नेपाल र डा डिल्लीराम भण्डारी हुन्।

 

पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरेका थिए। उनीहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ। सङ्गीतकार, गायक एवं रेडियो नेपालका पूर्वनिर्देशक डा टीका भण्डारीले विद्यावारिधि हासिल गरेर वडाको शैक्षिक पहिचानलाई समेत चिनाउन पाएकामा गर्व अनुभूति भएको बताए।

 

Chaka Panja

कवि शिरोमणि माविमा अध्ययन पूरा गरेका समकालीन पाँच विद्यार्थीलाई पढाइको उपल्लो खुट्किलो मानिएको विद्यावारिधि तह पूरा गर्न विद्यालय र आफ्नो गाउँको वातावरणले महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको डा हरिप्रसाद कट्टेल बताउँछन्। पाँचै जना सानैदेखि आपसमा मिल्ने र पढाइमा जेहेन्दार रहेको उनले बताए। उनीहरूले विद्यावारिधि गरेको विषय भने फरक-फरक रहेको छ।

 

कवि शिरोमणि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका पाँच जनाले विद्यावारिधि गरेको खबरले नयाँ पुस्ताका विद्यार्थीलाई मिहिनेत गरेर पढ्नका लागि प्रेरणा मिलेको बताइन्।

 

‘एउटै वडाका एउटै विद्यालय पढेका पाँच साथीले यती ठूलो शैक्षिक सफलता पाउनु समग्र वडाकै गौरवको विषय हो,’ थापाले भनिन्।

 

Leave A Reply

Your email address will not be published.