सुचना, समाचार र मनोरन्जन

श्यामको ‘फूलको रङ्ग’मा प्रभात र उषाको रोमान्स

काठमाडौं :

नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको कर्णप्रिय गीत सार्वजनिक गरिएको छ। रोमान्टिक शैलीमा तयार प्रेमी गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतलेसाथ दिएकी छन्। लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द गीतकार दयाराम पाण्डेले कोरेका हुन्। गीतमा एरेन्ज महाराज थापाको रहेको छ।

एउटा प्रेमीले प्रेमीको सौन्दर्यको बर्णन गरेको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन्। प्रभात र उषालाई रोमान्टिक जोडीको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन्। उत्सव दाहालको छायांकन रहेको भिडियोमा प्रविन भट्टले निर्देशन गरेका हुन्।

गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुन्। उनले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिकेका छन्। गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिकेकी हुन्। धेरै पहिले देखिन आफ्नो स्वरमा गीत ल्याउन चाहना हुदाहुदै पनि कामको ब्यस्तातले गर्दा अहिले भर्खर त्यो संयोग जुरेको गायक राउतले बताए।

Leave A Reply

Your email address will not be published.