सुचना, समाचार र मनोरन्जन
Sarangi

गाउँले परिवेशमा निर्मित म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक

काठमाडौं :

गाउँले परिवेशमा निर्माण गरिएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘फूल टिपी’बोलको गीत युटुबमार्फत सार्वजनिक भएको हो।

यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ। यस गीतमा स्वर गायिका रिज्योना कार्कीले दिएकी छिन् भने शब्द शङ्कर अधिकारी घायलले लेखेका हुन्। सङ्गीत लक्ष्मण पोखरेलको रहेको छ भने सङ्गीत संयोजन अशोक थापाले गरेका छन्।

हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अञ्जना तामाङको अभिनय देख्न सकिन्छ। सोसल मिडियामा सक्रिय अञ्जनाले टिकटक र रिल्समा राम्रो पहुँच राख्दै मोडलिङसँगै तरकारी व्यवसाय पनि सञ्चालन गर्छिन्। भिडियो निर्देशन र कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। छायाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन मनोज कार्कीको रहेको छ।

यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई विशेष रूपमा चित्रण गरेको छ। आमाको जस्तो बुलाकी र पान बुट्टे सारी जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ। म्युजिक भिडियो हाइटेक इन्टरटेन्मेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो।

यसअघि हाइटेकले मिलन नेवार र जोहेब मानन्धरको स्वर रहेको कर्मा शाक्य र रुबिना थापाको जीवन्त अभिनय रहेको म्युजिक भिडियो ुएक दिनु सार्वजनिक गरेको थियो, जुन चर्चित छ।

Leave A Reply

Your email address will not be published.